३. समितिको गठनः
(१) हुम्ला अस्पतालको व्यवस्थापन र सञ्चालन गर्ने काम समेतकोलागि हुम्ला अस्पताल विकास समिति नामको एक समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट मन्त्रालयलेमनोनीत गरेको व्यक्ति – अध्यक्ष
(ख) अस्पताल रहेको क्षेत्रको सम्बन्धित गाउँ विकाससमितिको अध्यक्ष – सदस्य
(ग) जिल्ला विकास समिति, हुम्लाको अधिकृत स्तरकोप्रतिनिधि – सदस्य
(घ) जिल्ला प्रशासन कार्यालय, हुम्लाको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(ङ) जिल्ला उद्योग वाणिज्य संघ, हुम्लाको सभापति – सदस्य
(च) जिल्ला रेडक्रस सोसाइटी, हुम्लाको अध्यक्ष – सदस्य
(छ) अस्पताल रहेको क्षेत्रको गाउँ विकास समितिकोसम्बन्धित वडाका महिलाहरूमध्ये समितिबाटमनोनीत एकजना – सदस्य
(ज) स्वास्थ्य सेवामा संलग्न महिलाहरूमध्ये समितिबाटमनोनीत एकजना – सदस्य
(झ) अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट – सदस्य–सचिव
(३) समितिको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष तथा मनोनीतसदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा समितिको हित विपरीत कुनै कामगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।तर त्यसरी निजलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मौकाबाट बञ्चितगरिने छैन ।